माघ ८ पोखरा । पुष्पकमल एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीका कारण मधेसी मोर्चासँग सहमति नभइरहेको भन्ने आरोपको खण्डन गर्नु भएको छ । क्रान्तिकारी पत्रकार संघ कास्कीले पोखरामा बिहान गरेको पत्रकार भेटघाटमा उहाँले संविधान संशोधन प्रस्ताव ओलीले नै नेतृत्व गरेर
संसदमा पुगिसकेकाले बाधक भन्ने कुराको कुनै पनि हिसाबबाट पुष्टि नहुने स्पष्ट गर्नुभयो । उहाँले बाबुराम भट्टराई नेतृत्वको ‘नयाँ शक्ति’लाई बुर्जुवा शक्तिको संज्ञा दिनुभयो । रंगेली घटना दुःखद र दुर्भाग्यपूर्ण भएको भन्दै अध्यक्ष दाहालले त्यसले साम्प्रदायीक रुप नलिओस् भनेर आफूहरु सचेत रहेको बताउनु भयो । हिजो मोरङको रंगेलीमा भएको झडप रोक्न प्रहरीले चलाएको गोली लागेर ३ जनाको मृत्यु भएको थियो । ११ जना घाईते भएका छन ।