माघ ८ काठमाण्डौ । मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा दिउँसो ३ बजे बस्ने बैठकमा मन्त्रालयगत एजेण्डामा छलफल हुनेछ । लोकसेवा आयोगको सचिव बढुवा समितिको सिफारिस गरेको १० सहसचिव मध्येबाट ४ जनालाई सचिबमा बढुवा गर्ने सम्भाबना छ । समितिले रिक्त पदमध्ये वरिष्ठताका आधारमा चन्द्र घिमिरेलाई र बाँकी तीन पदका लागि ९ सहसचिवको नाम सिफारिस गरेको थियो । रिक्त सचिवमध्ये ज्येष्ठताको आधारमा २० प्रतिशत स्वतः बढुवा हुने कानूनी प्रावधान छ । बैठकमा मोरङमा हिजो भएको घटनाको बारेमा पनि छलफल हुने बताइएको छ ।