आज उपत्यकाका ६३ वटा पम्पबाट निजी सवारीलाई पेट्रोल बिक्रि

0
486

माघ ८ काठमाण्डौ । नेपाल आयल निगमले आज उपत्यका र वरपरमा रहेका ६३ वटा पेट्रोल पम्पबाट निजी सवारीलाई पेट्रोल बिक्रि गरिरहेको छ । आज ३१ लटदेखि ५० लटसम्मका मोटरसाइकल, स्कूटर र ट्याक्सीले पेट्रोल पाउने छन् । पेट्रोल लिनको लागि अनिवार्य रुपमा ब्लुबुक नविकरण भएको हुनुपर्ने निगमले जनाएको छ । निगमले अस्ति १ देखि ३० लटसम्मका मोटरसाइकललाई पेट्रोल उपलब्ध गराएको थियो । ११ गते ५१ देखि माथिका सबै लटलाई इन्धन उपलब्ध गराउने निगमले तालिका बनाएको छ । निगमले इन्धनको आपूर्ति बढेकाले अर्को हप्तादेखि नियमित रुपमा पेट्रोल वितरण गर्ने तयारी गरिरहेको छ ।