नेपाल फुटबलमा २३ बर्ष पछि अन्तर्राष्ट्रिय उपाधि जित्न सफल !

0
652

माघ ८ काठमाण्डौ । बिश्व फुटबल महासंघ फिफाको बर्गीकरणमा खस्कँदो अबस्थामा रहेको नेपाली फुटबल फेरी एक पटक माथि उक्लिएको छ । बांग्लादेशको राजधानी ढाकामा भएको खेलमा बहराईनलाई ३–० को गोल अन्तरले हराउँदै बंगबन्धु गोल्डकपको उपाधि उचाले सँगै २३ बर्ष पश्चात अन्तर्राष्ट्रिय फुटबल उपाधि जितेको छ।
नेपालको जितमा नवयुग श्रेष्ठले २ तथा विमल घर्तीमगरले १ गोल गरेका हुन्। यो जीत नेपालको लागि ऐतिहासिक सफलताको रुपमा दर्ज भएको छ ।foot
नेपालका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले नेपाली फुटबलले ऐतिहासिक सफलता पाएको भनी प्रतिक्रिया दिएका छन्।
पहिलो पटक राष्ट्रिय टोलीको कप्तानी गरेका गोलकिपर कप्तान विराज महर्जनले यो सफलता सबै खेलाडीहरुको मेहनत र प्रशिक्षकको सही निर्देशनको फल भएको भन्दै खुशी ब्यक्त गरेका छन्।
नेपालले यसअघि सन् १९९३ मा ढाकाको यही बंगबन्धु रंगशालामा भारतलाई हराई दक्षिण एशियाली खेलकूदको च्याम्पियन बनेको थियो। विभिन्न ८ टोली सहभागी यस प्रतियोगितामा नेपालले १ गोल खाएको थियो भने ८ गोल गरेको थियो। उपाधि सहित नेपालले ५० हजार अमेरिकी डलर  जितेको छ।