संबिधान संशोधन बिद्येयक आजै पास गर्ने दलहरुको तयारी,मार्चाको माग संबोधन गर्न दुई दलिय कार्यदल गठन ।

0
435
संबिधानसभा भवन

माघ ९ काठमाण्डौ । नेपाली काँग्रेस र नेकपा एमालेले संविधान संशोधन गर्न संसदमा पेश गरिएको विधेयक ‘सकेसम्म’ शनिवार नै पारित गर्ने निर्णय गरेका छन्।
विधेयकमाथि परेका थप संशोधनबाट मोर्चाको माग सम्बोधन गर्न भन्दै दुई दलले कार्यदल गठन गरेका छन्।
मधेसी मोर्चासँगको निर्णायक भनिएको वार्ता शुक्रबार बिथोलिएपछि दुई ठूला दलबीच छलफल भएको हो।

विधेयकप्रति असन्तुष्ट मोर्चाले कांग्रेस नेतृत्वको सरकारले पेश गरेको बिद्येयक र कांग्रेसकै सांसदको थप संशोधन धेरै हदसम्म आफ्ना माग नजिक रहेको प्रतिक्रिया दिएको छ। मोर्चालाई ठूला दल र सरकार हाम्रा माग सम्बोधन गर्न लचक छन् र सकारात्मक दिशामा अघि बढेका छन् भन्ने सन्देश दिने गरी अघि बढ्ने बिश्वास दिलाउनु दलका नेताहरुको प्रमुख दायित्व देखिन्छ ।
कांग्रेस नेतृत्वको अघिल्लो सरकारले संशोधन विधेयक संसदमा दर्ता गराएको थियो। एमाले नेतृत्वको सरकारले कांग्रेसको दवावमा त्यसलाई संसदमा प्रस्तुत गरेको हो।कांग्रेसकै कतिपय सांसदहरुले उक्त विधेयक अपुरो भएको भन्दै थप संशोधन हालेका छन्। संसदमा संशोधन विधेयकमाथिको छलफल शुक्रबार सकिएको छ। प्रमुख दलहरु बस्च कुरा मिलेमा संसदबाट शनिबार नै बिद्येयक पास हुने दखिएको छ । यहि अबस्थामा संबिधान संशोधन भए पनि मधेश आन्दोलनका माग सम्बोधन बिना गरिने संबिधान संशोधन अर्थपूर्ण भने नहुने देखिन्छ ।