निकास खोज्न दलहरु सक्रिय,आजै सहमती हुने !

0
423

काठमाडौ, ९ माघ । मधेशी मोर्चाको माग सम्बोधन गरि संबिधान संशोधन बिद्येयक पास गर्न दलहरुको कसरत आज पनि जारी रहने देखिएको छ । जस्कालागि काँ्रेस र एमालेद्धारा गठित कार्यदलले छुट्टा छुट्टै तथा सामुहिक छलफल गरिरहेको छ भने शिर्ष तहमा पनि बार्ता हुने भएको छ । बिहान साँढे ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने शिर्ष तहको बार्ताबाट सहमत िगरि दिउसो बस्ने संसद बैठकबाट मोर्चाको समेत सहमतीमा संबिधान संशोधन गर्ने दलिय तयारी रहेको छ ।   संविधान संशोधनको प्रस्तावलाई पारित गर्ने र मधेसी मोर्चासँगको वार्तालाई निष्कर्षमा पुराउन वार्तालाई जारी राख्ने निर्णय नेपाली काँग्रेस र एमालेले गरे अनुसार छलफल हुन लागेको हो।  बैठकमा मोर्चाका मागलाई संसोधन प्रस्तावमा कसरी समेट्ने भन्नेमा छलफल हुने एमालेका प्रमुख सचेतक भानुभक्त ढकालले जानकारी दिनुभयो । संविधान संशोधन विधेयकमाथि परेका संशोधन प्रस्तावलाई सबैको सहमतिमा समेटेर लैजानेगरि प्रमुख दलको साझा धारणा बनाइनेछ । संबिधान सम्शोधन गरी आन्तरीक समस्यको समाधान गर्न भारतले पनि सत्ताधारी दल तथा आन्दोलनकारी दलहरुलाई सुझाव दिंदै आएको छ । मोर्चाको माग संबोधन गरि बिद्येयक पास भए मधेश आन्दोलनले बिश्राम लिने छ ।