खेलाडीहरु काठमाण्डौ आउँदै,नगर परिक्रमा सहित भब्य स्वागत गरिंदै ।

0
574

काठमाडौ, ९ माघ । अन्तराष्ट्रिय उपाधि जितेर प्रशंशा जितेको नेपाली राष्ट्रिय फुटबल टोली आज स्वदेश फर्किदैछ । २३ वर्षपछि पहिलो औपचारिक उपाधि जितेको टोलीको राधानीमा भब्य स्वागत गरिने भएको छ । टोलीलाई आज दिउँसो राजधानीका मुख्य मुख्य स्थानको परिक्रममा समेत गराइने भएको छ । बंगलादेशको ढाकामा शुक्रबार सम्पन्न बंगबन्धु गोल्डकप फुटबल प्रतियोगिताको उपाधिसँगै नेपालले सन् १९९३ पछि पहिलो औपचारिक उपाधि जितेको हो । कुनैपनि औपचारिक प्रतियोगितामा १७ वर्षपछि फाइनल खेलेको नेपालले उपाधि जितेसँगै नेपाली फुटबलका दर्शक तथा सुभ चिन्तकहरु हौसीएका छन् । प्रतियोगीतामा सफलता हात पारे सँगै हरेक खेलाडीलाई एन्फाले ५, खुेलकुद परिषदले दुई र खेलकुद मन्त्रालयले एक एक लाख पुरस्कार दिने भएको छन् ।  आसन्न दक्षिण एसियाली खेलकुद (साग)लाई लक्षित गर्दै युवा टोली लिएर बंगलादेश पुगेको नेपालले इतिहास रचेको हो । बिगतका खेलहरुमा म्याच फिक्सीङ नभएको भए नेपालको फुटबलको ईतिहाँस कम्जोर नहुने खेल प्रेमीहरुको प्रक्षेपण समेत रहेको पाईयो ।