काठमाडौ, ९ माघ । परराष्ट्र सचिव शंकरदास बैरागी नेतृत्वको टोली चारदिने औपचारिक भ्रमणमा आज कतार जाने भएको छ । दुईपक्षीय सम्बन्धलाई मजबुत बनाउने उद्देश्यले टोली कतार जान लागेको मन्त्रालयले जनाएको छ । परराष्ट्र सचिव स्तरीय बैठकका लागि नेपालले सम्बन्ध सुधार गर्ने, कामदारको हितमा निर्णय लिने र कामदार पठाउने एजेण्डा सहित सचिव स्तरिय भ्रमण तय गरेको हो । कतारको आन्तरिक मामिलामा बोलेर विवादित बनेपछि करिब तीन वर्षअघि राजदूत मायाकुमारी शर्मालाई नेपाल फर्काईएको थियो । बाहिर राम्रो देखिए पनि भित्रीरूपमा त्यो प्रकरणपछि नेपाल र कतारबीचको सम्बन्धमा चिसोपना बढेको जानकारहरुको भनाई रहेको छ । कतारमा अहिले राजदुत खाली रहेको छ । बतारका लागि तत्कालीन राजदुत माया कुमारी शर्माले बिगारेको सम्बन्ध सुधार गरी नयाँ राजदुत पठाउने वाताबरण निर्माण गर्न यो भ्रमण फदायी हुने बिश्वास गरिएको छ । कतारलगायत सबै खाडी मुलुकमा परराष्ट्र सचिवको टोलीले दूतावासको अध्ययन तथा समकक्षीसँग अन्तक्रिया गर्ने कार्यक्रम रहेको छ ।