संबिधान संशोधन बिद्येयक पारित गर्न दलहरु सहमत,सबै समस्याको समाधान आजै हुने !

0
647

काठमाडौँ, ९ माघ । प्रमुख राजनीतिक दलहरुले व्यवस्थापिका–संसद्मा पेस भएको संविधान संशोधन विधेयकलाई सबै समस्याको समाधान हुने गरी पारित गर्ने सहमति गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेससहित सत्तारुढ प्रमुख दलको बैठकले संशोधन विधेयकको भाष  मिलाएर पारित गर्ने सहमती गरेका हुन् । विधेयकमा आएका संशोधन प्रस्तावलाई भाषागत विषय मिलाउन कानुनमन्त्रीसहितको कार्यदल बसेर आजको संसद् बैठक बस्नुअघि मिलाउने जिम्मेवारी दिइएको छ । बैठकपछि नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले प्राप्त संशोधनमा दुई वटा प्रस्तावलाई सकेसम्म सबैलाई स्वीकार्य हुने खालको प्रस्ताव बनाएर परिमार्जनसहित पारित गर्ने सहमति भएको सञ्चारकर्मीलाइ जानकारी दिनु भयो ।  पूर्ववर्ती सरकारले पेस गरेको संशोधन विधेयकमा निर्वाचन क्षेत्र निर्धारण र राज्यका हरेक निकायमा समावेशी–समानुपातिक प्रतिनिधित्वसम्बन्धी प्रस्तावबारे प्रमुख तीन दल करिब सहमति नजिक पुगेपनि पछिल्लो भिन्न प्रस्तावमा सहमति जुट्न सकेको छैन । केही साताअघि नेपाली काँग्रेसका महामन्त्री बिमलेन्द्र निधिसहितका मधेसी मुलका नेताले मधेसी मोर्चाको मागलाई सम्बोधन गर्ने गरी जनसङ्ख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारणको संशोधन प्रस्ताव संसद्मा दर्ता गराउनुभएको थियो । निधीको पस्तावबारे सहमति खोज्न दुईपक्षीय अनौपचारिक छलफल जारी छ । निधीले जनसंख्याको आधारमा मात्रै निर्वाचन क्षेत्र निर्धारण हुनु पर्ने प्रावधान राख्न प्रस्ताव राख्नु भएको छ । बैठकमा सबै दलका शिर्ष नेताहरुको उपस्थिती रहेको थियो ।