माघ १० काठमाण्डौ । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले अब प्यकेजमा सहमति गर्ने गरी मात्रै सरकारसँग वार्तामा बस्ने बताएको छ।
शनिबार राति भएको संविधान संशोधनले आफ्ना माग पूरा नगरेको भन्दै मोर्चाले सीमा नाकामा गरिरहेको अवरोध पनि नहटाउने अडान व्यक्त गरेको छ।
सद्धभावना पार्टीका सहअध्यक्ष लक्ष्मण लाल कर्णले भन्नु भयो विमलेन्द्र निधिको संशोधनको प्रस्तावलाई मार्चाले स्विकारे पनि मधेश मात्रै लेखिएको ठाउँमा तराई मधेश शब्द राख्न नहुने अडानका कारण मोर्चाले आन्दोलनलाई निरन्तरता दिने बताउनु भएको छ ।
भारतले गरेको नाकाबन्दी संविधान संशोधनपछि हट्ने नेताहरुको बिश्वास छ ।
त्यो अपेक्षा सही ठहरिएमा मोर्चामाथि बढ्ने आन्तरिक र बाह्य दवाव मोर्चाले कतिसम्म थेग्न सक्छ भन्नेमा उसको भावी नीति निर्भर हुने देखिन्छ।