भरी सिलिण्डर पाउने नपाउने अन्यौलमा (ब्यबसायी र निगम बीच बिबाद)

0
619

काठमाडौ, १० माघ । उपभोक्तलाइ भरी सिलिण्डर ग्याँस दिने बिषयमा ग्याँस उद्योगी र नेपाल आयल निगम बिच मतभेद देखिएको छ । पछिल्लो दुई सातामा ४० प्रतिशत ग्यास आयात बढेको भन्दै उपभोक्तालाई पुरा सिलिन्डर ग्यास वितरण गर्न लागिएको नेपाल ग्यास उद्योग महासंघका अध्यक्ष शिवप्रसाद घिमिरेले जानकारी दिनु भयो । तर आयल निगमले भने भारतले ग्यासको आपूर्ति नबढाउँदासम्म ७ दशमलव १ किलोकै सिलिन्डर वितरण गरिने बताउदै आएको छ । कानुनत १४ दशमलव २ किलो ग्यास नै वितरण गनुपर्ने भए पनि विशेष अवस्थाका कारण अहिले आधा सिलिन्डर मात्र ग्यास वितरण हुदै आएको छ । घिमिरेले निगमलाई अब बजारमा पुरै सिलिन्डर ग्यास वितरण गर्ने व्यवस्था मिलाउन आग्रह गरिएको पनि जानकारी दिनु भयो । निगम भरी सिलिण्डर दिने सम्बन्धमा सकारात्मक नभए पनि उद्योग संघले सार्वजनिक सुचना जारी गरेर भएपनि पुरै सिलिन्डर बजारमा ल्याउने तयारी गरेको छ । आधा सिलिन्डर ग्यास वितरण गर्दा उपभोक्तालाई लागत बढ्ने भएकाले सरकारले पनि सहयोग गनुपर्ने घिमिरेको भनाई छ । आधा सिलिण्डर ग्याँस बितरणबाट उपभोक्ताले तत्कालीन राहत पाए पनि एउटै सिलिण्डरलाई पटक पटक बोक्नु पर्ने समस्या हलगर्न पनि भरी सिलिण्डर दिनु पर्ने बिश्लेषण भैरहेको छ । अर्को तीर आधा सिलिण्डरका नाममा कम तौलको ग्याँस बिक्रि बितरण भैरहेको भन्दै उपभोक्ताले गुनासो थर्दा पनि नियमनकारी निकाय मौन रहेको छ ।