मधेशी मोर्चा छलफलमा ब्यस्त

0
548

काठमाण्डौ माघ १० । आन्दोलनरत मधेशी मोर्चाको बैठक बस्दैछ । मोर्चाले तराईमा जारी आन्दोलनको समीक्षा, नयाँ कार्यक्रम घोषणा र समसामयिक राजनीति बिषयमा छलफल गर्न बैठक बोलाएको हो । संविधानको पहिलो संशोधनले मधेश आन्दोलन र आफ्ना माग सम्बोधन नभएको भन्दै थप निर्णय गर्न मोर्चाको बैठक बस्न लागेको हो ।संविधान संशोधनमा मधेश आन्दोलन, आदिवासी र जनजातिको भावना सम्बोधन नभएको भन्दै मोर्चाले असन्तुष्टी जनाएको छ ।आन्दोलनरत मधेशी र थारु समुदायको माग सम्बोधन गर्न सरकारले पेस गरेको समानुपातिक समावेशी र निर्वाचन क्षेत्रसम्बन्धी संशोधन विधेयकलाई परिमार्जनसहित संशोधन भएको छ ।तराई मधेशमा जनसंख्याको आधारमा निर्वाचन क्षेत्र बढाउन र राज्यका निकायमा समानुपातिक समावेशीका आधारमा सहभागिता बढाउने सुनिश्चितता संशोधनले गरेको छ । संघीय समाजवादी फोरम नेपालको केन्द्रिय समितिको बैठक जारी रहेकाले आजै साँझसम्म नभए भोलिसम्ममा मोर्चाको बैठक बस्ने तराइ मधेश सद्भाबना पार्टीका वरिष्ठ नेता रामनरेश रायले जानकारी दिनुभयो ।
यसैबीच,संघीय समाजवादी फोरम नेपालको केन्द्रिय तदर्थ समितिको विस्तारित बैठक तेस्रो दिन आज पनि जारी छ ।
शान्तिनगरमा जारी बैठकमा आर्थिक, राजनीतिक र अनुसन्धानत्मक प्रतिबेदनमाथि छलफल भइृरहेको छ ।
प्रतिबेदनमाथि पदाधिकारीहरुले धारणा राखिरहेको नेता अभिषेकप्रताप शाहले जानकारी दिनुभयो ।
केन्द्रिय कार्यसमिति सदस्यको जिम्मेवारी बाँडफाँड, पोलिटब्यूरो सदस्य चयन गरी बैठक आजै सक्ने तयारी भईरहेको शाहले बताउनु भयो । अशोक राई नेतृत्वको संघीय समाजवादी पार्टीसँग एकीकरण गरेपछि बसेको यो दोस्रो केन्द्रिय समिति बैठक हो ।