काठमाण्डौ माघ १० । व्यवस्थापिका संसदको सुशासन तथा अनुगमन समितिको रिक्त सभापति पदको सभापतिमा नेकपा एमालेका मोहनसिंह राठौर निर्विरोध निर्वाचित हुनुहुने भएको छ ।
सभापतिमा प्रतापपुर– ६ कैलालीका राठौरको मात्रै उम्मेदवारी दर्ता भएकाले आज साँढे ३ बजे हुने निर्वाचनमा उहाँ निर्विरोध निर्वाचित हुने पक्का भएको हो ।
यसअघि सभापति रहेका एमाले नेता शेरधन राई सूचना तथा सञ्चारमन्त्री भएपछि समितिको सभापति पद रिक्त थियो ।राठौरको प्रस्तावकमा एमालेकी अम्बिका खवास राजवंशी र समर्थकमा एकिकृत माओवादीका अमनलाल मोदी हुनुहुन्छ ।