मोरङ घटनाका मृतकलाई क्षतिपुर्ती

0
602

मोरङ माघ १० । मोरडको रंगेली घटनामा मृत्यू भएका परिवारलाई तत्कालिन राहतको रुपमा २५ हजार रुपैया दिने सहमति भएको छ ।
जिल्ला प्रशासन कार्यालय मोरङमा बसेको सर्बदलिय बैठकले मृतकलाई सहिद घोषणा गर्न, घटनाको छानबिन गर्न उच्च स्तरीय न्यायिक समिति गठन गर्न घाईतेहरुलाई निशुल्क उपचारको लागि गृह मन्त्रालयमा सिफारीस गर्ने समेत सहमति भएको मोरङका प्रमुख जिल्ला अधिकारी तोयम रायले जानकारी दिनुभयो ।
गएको बिहिबार प्रहरीसँगको झडपमा रंगेलिमा ३ जनाको मृत्यू भएको थियो । ११ जना घाईते भएका थिए ।
यसैबीच,लिम्बुवान संयुक्त संघर्ष समितिले आज पूर्वका नौ जिल्लामा यातायात बन्दको आह्वान गरेको छ ।
मोरङको रंगेली घटनाको विरोध गर्दै संघर्ष समितिले बन्द आह्वान गर्दा जनजीवन प्रभावित भएको छ ।
मोरङ, सुनसरी, झापा, इलाम, पाँंचथर, ताप्लेजुङ, तेह्रथुम, धनकुटा र संखुवासभा बिहानैदेखि प्रभावित भएका छन् ।
लामो तथा छोटो दूरीका सवारी साधन संचालनमा आउन सकेका छैनन् ।
निर्दोष जनतालाई गोली हानेर सरकारले आतंक मच्चाएको भन्दै विरोधमा बन्द आह्वान गरिएको हो ।