विधुतीय शवदाह गृह सञ्चालनमा,एउटा शव जलाउन ३ हजार

0
1455

काठमाण्डौ माघ १० । पशुपति क्षेत्र विकास कोषले आजदेखि विद्युतीय शवदाह गृह सञ्चालनमा ल्याएको छ ।
११ करोड रुपैयाँ लागतमा जडान गरिएका २ वटा मेसिनबाट विद्युतीय शवदाहको काम सुरु गरिएको हो ।
विद्युतीय शवदाह मेसिनको प्रयोग आज दिउँसोबाट गरिएको पशुपति क्षेत्र बिकास कोषले जनाएको छ ।
कोषले कोलकातास्थित इन्डोमेन इन्जिनियरिङ कम्पनीबाट मेसिन ल्याएको हो ।
शवदाह मेसिनबाट एउटा शव जलाउन ४५ मिनेट लाग्ने कोषले जनाएको छ । दाउराबाट शव जलाउन कम्तीमा ३ घण्टा लाग्ने कोषका सदस्यसचिव सरेश नेपालले बताउनुभयो । सदस्य सचिव नेपालले चिताबाट दैनिक एक घाटमा करिब १० वटा शव दाह गर्न सकिनेमा एउटा विद्युतीय मेसिनबाट करिब ४० वटा शवदाह गर्न सकिने बताउनुभयो ।
दाउराबाट एउटा शव जलाउन १० हजार रुपैयाँ लाग्नेमा विद्युतीय शव दाह गर्दा ३ हजार रुपैयाँ लाग्ने जनाइएको छ ।