प्रशासनकै मिलेमतोमा अभियुक्त फरार

0
473

गोरखा माघ १० । गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्याका आरोपी छविलाल पौडेललाई अदालतले थुन्ने आदेश दिएपनि अझै पक्राउ परेका छैनन । पौडेललाई पक्राउ गर्न प्रहरी संयन्त्र परिचालन गरिएको चितवन प्रहरीले जनाएको छ ।
गएको पुस ६ गते सर्वोच्चले चितवन प्रहरीलाई कृष्णप्रसादको हत्याको आरोपी छविलाललाई थुन्ने आदेश दिएको थियो । छोराको हत्यारालाई कारवाहीको माग गर्दै लामो संघर्ष गरेका अधिकारीका आमा गंगामायाले गृहमन्त्री माओवादी कै भएको कारण छविलाललाइ बचाउन खोजेको आरोप लगाउँदै आउनुभएको छ ।
चितवन जिल्ला अदालत र पुनरावेदन अदालतको निर्णयविरुद्ध गएको असार १५ गते सर्वोच्चमा गंगामाया अधिकारीले छोरा हत्यारा आरोपीहरुको कारवाहीको माग गर्दै मुद्दा दायर गर्नुभएको थियो ।