काँग्रेसको महाधिबेसन एक साता पछाडी सर्ने !

0
1025
नेपाली काँग्रेश

काठमाडौ, ११ माघ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक जारी रहेको छ । पार्टीको १२औं महआधिवेसनको तयारी,क्रियासील सदस्यता बिबाद तथा राष्ट्रिय विषयमा छलफल गर्न बैठक बोलाईएको कँग्रेश मुख्यालयले जनाएको छ । फागुन अन्तीम साता काठमाण्डौमा हुने महाधिबेशनले पार्टी पंक्तिलाई कसिलो पारे पनि तराईमा जारी आन्दोलनका कारण मधेशमा जिल्ला,नगर अधिबेशन गर्न समस्या परेकाले केहि जिल्लाको स्थानिय अधिबेसन सार्ने बिषयमा पनि आजको बैठक केन्द्रित हुने बुझिएको छ । कांग्रेसले महाधिवेशनमा यसै वर्ष नयाँ क्रियाशील सदस्यता लिएका १ लाख ५३ हजार जनालाई आगामी महाधिवेशनमा मताधिकार दिने नदिने भन्ने कुराको टुङगो पनि आजको बैठकले लगाउने भएको छ । कांग्रेसमा ४ लाख ७० हजार क्रियाशील सदस्य छन् । जसमध्ये १ लाख ५३ हजारले यसै वर्ष नयाँ क्रियाशील सदस्यता लिएका हुन् । कांग्रेस नेतृ सुजाता कोइरालाका अनुसार आजको बैठकमा पार्टीमा निरन्तर दुईपटक जिल्ला, क्षेत्र र गाउँ तथा नगर समितिका सभापति भइसकेका व्यक्तिलाई फेरि उम्मेदवार हुन दिने कि नदिने भन्नेबारेमा समेत  निर्णय हुनेछ । कांग्रेस विभाजित रहेका बेला एघारौं महाधिवेशन छुट्टाछुट्टै भएको थियो । कार्यसमिति बैठकले निर्वाचन समिति, निर्वाचन अधिकृत, जिल्ला सभापति, क्षेत्रीय सभापति, नगर र गाउँ समितिका सभापतिलाई सहमतिमा सदस्यतामा रहेको प्राविधिक त्रुटि सच्याउन अधिकार दिने तयारी समेत गरेको छ ।