पोखरामा आर्मी र थ्रिस्टार भिड्दै

0
441

पोखरा, ११ माघ । पोखरामा जारी १४ औं संस्करणको आहा रारा गोल्डकपमा आज त्रिभूवन आर्मी क्लब र थ्रिस्टार क्लब बीच खेल हुँदै छ ।आहा राराको ईतिहासमा अहिलेसम्म चार पटक फाईनल पुगेको थ्रिस्टारले चारै पटक उपाधि उचालेको छ । आर्मी पहिलो चरणमा जावलाखेललाई हराउदै अन्तिम आठमा आएको हो भने थ्रिस्टार सिधै क्वाटरफाईनल खेल्न लागेको हो ।  अघिल्लो बर्षको विजेता थ्रिस्टार पाँचौ , नवौ र ११ औं संस्करणको बिजेता टिम हो । आर्मी सातौ र आठौ आहा रारा गोल्डकपको उपविजेता  टिम हो । खेल पोखरा रंगशालामा दिउसो साढे दुई बजे सुरु हुनेछ ।  आजको विजेताले फाईनल प्रबेशको लागि माघ १३ गते आयोजक सहारा क्लबसँग प्रतिश्पर्धा गर्नेछ । प्रतियोगिताको फाईनल खेल माघ १६ गते हुनेछ ।