जनहितको कार्य गर्दै राष्ट्रिय ब्यापार संघ (फोटो फिचर सहित)

0
758
COPYRIGHTED

काठमाण्डौ माघ ११ मधेश अमन्दोलनका कारण देशभरका भन्सारनाका प्रभावीत भैरहेका बेला बिभिन्न कार्यक्रम गरी ६४ औं भन्सार दिवस मनाईएको छ । यो दिवसकै सन्दर्भमा निजी क्षेत्रबाट पनि बिभिन्न कार्यक्रमहरु आयोजना गरीएका छन् । यहि दिवसको सन्दर्भमा राष्ट्रिय ब्यापार संघले ग्रीन सिटी अस्पतालको सहयोगमा काठमाण्डौको भूगोल पार्कमा एक दिने निशुल्क स्वास्थ्य सिबिरको आयोजना गरेको छ ।COPYRIGHTED

स्वास्थ्य सिबिरको उद्धघाटन गर्दै भन्सार बिभागका महानिर्देशक शिशिरकुमार ढुङगानाले ब्यबसायीबाट यस्तो समाजीक कार्य हुन अत्यन्तै प्रसंशनिय भन्दै आगमी दिनमा पनि यस्ता कार्यलाई निरन्तरता दिन सुझाव दिनु भयो ।कार्यक्रममा ग्रीन सिटी अस्पतालका प्रमुख कार्यकारी अधिकृत डाक्टर बिष्णु प्रसाद गौतमले प्रत्येक ब्यक्तिले बर्षमा दुई पटक स्वास्थ्य परिक्षण गराउन जरुरी रहेको भन्दै राष्ट्रिय ब्यापार संघ सँग सहकार्य गर्न अस्पताल तयार रहेको प्रतिबद्धता ब्यक्त गर्नु भएको थियो । उहाँले ब्यापार संघका सदस्यको स्वास्थ्य परिक्षणमा अस्पतालले बिशेष छुट दिने उद्धघोष समेत गर्नु भयो ।COPYRIGHTED

कार्यक्रममा बोल्दै राष्ट्रिय ब्यापार संघका अध्यक्ष नयन बहादुर पण्डित क्षेत्रीले आफुहरुको उद्धेश्य आय आर्जन गर्नु मात्रै नभएको बताउनु भयो । उहाँले समाज परिवर्तन गराउने जिम्मेवारी समेत ब्यबसायीहरुको भएकोले सबैको साथ र सहयोगले सामाजीक कार्य गर्न उर्जा मिलेको भन्दै आगामी दिनमा यस्तो कार्यले निरन्तरता पाउने प्रतिबद्धता ब्यक्त गर्नु भयो ।

 

सिबिरमा दन्त परिक्षण,मधुमेहको परिक्षण,आँखाको परिक्षण,रक्तचाप तथा समान्य स्वास्थ्य परिक्षण लगायतका बिरामीहरुको स्वास्थ्य जाँच गरिएको संघका सचिव बैकुण्ठ दाहालले जानकारी दिनु भयो ।

COPYRIGHTED

स्वास्थ्य परिक्षणबाट ३०० सर्ब साधारणले लाभ लिएको संघले जनाएको छ । ब्यबसायीहरुले सामान्य जनताको स्वस्थ्यलाई ध्यानमा राखी मानविय सेवाको कार्य गरेको भन्दै स्वास्थ्य परिक्षण गराउन आएका नागरिकहरुले आयोजकलाई धन्यबाद दिएका छन् । आगामी दिनमा पनि जनहितका कार्यलाई निजी क्षेत्रले प्राथमिकता दिनु पर्ने स्थानिय बिजय कुमार श्रेष्ठको भनाई थियो ।

COPYRIGHTED

काठमाण्डौको न्युरोड लगायतका क्षेत्रमा खुद्रा तथा होलसेल ब्यबसाय सञ्चालन गर्दै आएका ब्यापारीहरुको छाता संस्थाले पछिल्ला दिनहरुमा सामाजीक कार्यलाई प्राथमिकतामा राख्दै आएको छ । बिनाशकारी भूकम्पका समय होस् या चाड पर्व र उत्सबका समयमा संघले जनहितको कार्य गर्दै आएको छ ।

COPYRIGHTED