दुइ कार्यकाल भन्दा बढि सभापति हुन नदिने काँग्रेसको निर्णय,४० जिल्लका सभापति पद बिहिन

0
788
नेपाली काँग्रेश

काठमाडौँ, ११ माघ । नेपाली काँग्रेसले केन्द्र र जिल्ला सभापतिमा निरन्तररुपमा दुई पदावधिभन्दा बढी धेरै पटक उम्मेदवार हुन नपाउने व्यवस्था गरेको छ । तर पार्टी समायोजन हुँदा सभापति हुनेका हकमा भने यो व्यवस्था लागू हुने छैन । पार्टीको एघारौँ महाधिवेशनमा जिल्ला कार्यसमितिको एक कार्यकाल अवधि पूरा गरी बाह्रौँ महाधिवेशनमा पनि सभापति निर्वाचित भई अवधि पूरा गर्नेहरुका लागि पार्टीको विधानको धारा ४९ को उपधारा १७ को व्यवस्था लागू हुने नेपाली काँग्रेशले जनाएको छ । विधानको धारा ४९ को उपधारा १७ मा पार्टीको केन्द्रीय कार्यसमितिको सभापति र जिल्ला कार्यसमितिको सभापतिमा निरन्तररुपमा दुई पदावधिभन्दा बढी हुने गरी उम्मेदवार हुन नपाउने प्रावधान राखिएको छ । त्यस्तै पार्टीको केन्द्रीय कार्यालय सानेपामा आज भएको केन्द्रीय कार्यसमितिको बैठकले पार्टीको १३ औँ महाधिवेशन सम्पन्न गरी पार्टीको विधान कार्यान्वयन गर्न विधानको धारा ५० (बाधा अड्काउ फुकाउने अधिकार) बमोजिम विधानको धारा ४ को उपधारा १३ को व्यवस्था समेत निलम्बन गरेको छ । विधानको धारा ४ को उपधारा १३ मा “पार्टीको क्रियाशील सदस्यता जुनसुकै समयमा पनि प्रदान गर्न सकिनेछ ।  काँग्रेसको १३ औँ महाधिवेशनको सन्दर्भमा पार्टीको वडा, नगर, गाउँ तहका अधिवेशन यही माघ १५ गतेबाट प्रारम्भ हँदैछन् ।  शान्तिपूर्ण वातावरणमा पार्टीका यी सबै कार्यक्रम सम्पन्न गर्न सद्भाव र सहयोग पु¥याउन आन्दोलनरतलगायत सबै राजनीतिक दलसँग बैठकले आग्रह गरेको छ । क्रियाशील सदस्यको सूचीका त्रुटि सच्याइने काँग्रेसले क्रियाशील सदस्यता नवीकरणको सूची र नयाँ क्रियाशील सदस्यको सूचीमा त्रुटि देखिएमा सच्याउने निर्णय गरेको प्रवक्ता दिलन्द्र प्रसाद बडूले जानकारी दिनुभयो । सरकारले स्थापना गरेको कृष्णप्रसाद भट्टराई राष्ट्रिय आम सञ्चार प्रतिष्ठानबाट नेपाल पत्रकार महासङ्घका प्रथम अध्यक्ष भट्टराईको नाम वर्तमान सरकारले हटाउन खोजेकोमा विरोध गरेको छ । सरकारको यस कार्यको विरोध गर्दै यथावत उहाँको नाम समावेश गर्न काँग्रेसले माग गरेको छ । यस अघि आन्दोृलनरत तराई मधेशका केहि जिल्लामा स्थानिय स्तरको अधिबेसन गर्न समस्यापरेको भन्दै कतिपय केन्द्रीय सदस्यहरुले मिती हेरफेर गर्न माग गरे पनि पुवै निर्धारित मितीमै अधिबेसन गर्न केन्द्रिय समितीले आग्रह गरेको छ ।