माघ ११ काठमाण्डौ । संयुक्त मधेशी मोर्चाले संबिधान संशोधन प्रति असहमती जनाउँदै थप आन्दोलनका कार्यक्रहरु घोषण गरेको छ । मोर्चाको आज बसेको बैठकले सरकारले मोर्चाले अघिसारेका ११ सुत्रियमाग पुरा गर्ने कुनै संकेत नदेखाएको भन्दै आन्दोलनका नयाँ कार्यक्रमहरु सार्वजनिक गरेको हो । मोर्चाले मोरङको रंगेली,डायनियाँ लगायतका स्थानमा राज्यले गरेको दमन छानबिन गर्न उच्चस्तरिय न्यायिक छाबिन आयोग गठन गर्न माग गर्दै आन्दोलनका कार्यक्रम थप गरेको हो ।
मोर्चाले माघ १३ गते शहिदहरुको सम्मानमा जिल्ला सदरमुकामहरुमा मैनबत्ति प्रज्वलन गर्ने,माघ १६ गते जनतालाई बिकसीत परिस्थीती बारे जानकारी गराउन क्षेत्रिय सभाहरु गर्ने तथा माघ १८ गते सदरमुकामहरुमा राजनितीक दल,पेशाकर्मी,बुद्धिजीबि,कर्मचारी,ब्यापारी,लगायत समाजका सबै पक्षलाई बिकसीत परिस्थीती बारे जानकारी गराउन बृहत अन्तरक्रिया आयोजना गर्ने निर्णय गरेको छ ।