आर्मीद्धारा थ्रिस्टार पराजित

0
361

पोखरा, ११ माघ । लगातार चौथो पटक उपाधि जितेको थ्रिस्टार क्लबलाई हराउँदै त्रिभुवन आर्मी क्लब पोखरामा जारी १४ औं आहा रारा गोल्डकपको सेमिफाईनल प्रबेश गरेको छ । पोखरा रंगशालामा आज भएको खेलमा थ्रिस्टार क्लबलाई एक शुन्यले हराउदै विभागिय टिम आर्मी अन्तिम चारमा प्रबेश गरेको हो । खेलको ३० औं मिनेटमा दिप लामाले गरेको गोलनै आर्मीका लागि निर्णायक बन्यो । लामा मैदान प्रबेश गरेको ५ औं मिनेटमा गोल गर्न सफल भएका हुन् उनि टंक बस्नेतको स्थानमा मैदानमा प्रबेश गरेका थिए । आजको विजेता आर्मीले फाईनल प्रबेशको लागि माघ १३ गते आयोजक सहारा क्लब पोखरा सँग प्रतिश्पर्धा गर्नेछ । प्रततियोगिता अन्तर्गत भोलिको खेल झापा ११ र गजीर्चाट स्पोर्टिङ्ग क्लब बंगलादेश बिच हुनेछ । प्रतियोगिताको फाईनल खेल माघ १६ गते शनिबार हुनेछ ।