भारतलाइ गणतन्त्र दिवसको सुभकामना दिंदै राष्ट्पति भण्डारीले भनिन नेपाललाई हेर्ने दृष्टिकोण परिवर्तन होस् ।

0
630

काठमाडौं, माघ १२ ।  राष्ट्पति बिद्या देबी भण्डारीले छिमेकी मूलुक भारतलाई ६७ औं गणतन्त्र दिवसको अवसरमा शुभकामना दिंदै भारतीय जनताको सुख शान्ति र प्रगतीको कामना गर्नु भएको छ । उहाँले भारतिय समकक्षीलाई सम्बोधन गर्दै पठाएका पत्रमा भनिएको छ नेपाल भारत बीचको सदियौ देखिको सम्बन्ध अझै बलियो होस् भन्ने कामना समेत गर्नु भएको छ । पत्रमा नेपालको संबिधान संशोधन भएकोजानकारी गराउँदै नेपाललाई हेर्ने दृष्टिकोण परिवर्तन होस् भन्ने आसय ब्यक्त गरिएको छ । भारतले आफ्नो ६७ औं गणतन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाइरहेको छ । गणतन्त्र दिवसका अवसरमा नयाँ दिल्लीस्थित राजपथमा गरिएको कार्यक्रममा भारतीय राष्ट्रपति प्रणव मुखर्जीले राष्ट्रिय झन्डा फहराउनुभएको छ । राजपथमा गरिएको मुख्य कार्यक्रमअघि प्रधानमन्त्री नरेन्द्र मोदीले इन्डिया गेटमा पुगेर सहिदहरुप्रति श्रद्धाञ्जली अर्पण गर्नु भएको थियो ।
यस वर्षको भारतीय गणतन्त्र दिवसमा मुख्य अतिथिमा फ्रान्सका राष्ट्रपति फ्रान्स्वा ओलान्द नयाँ दिल्ली पुगेका छन् । गणतन्त्र दिवसका अवसरमा भारतले आफ्ना आर्थिक, सामाजिक विकास र सैन्य कलासमेत प्रदर्शन गरेको छ ।
गणतन्त्र दिवसका क्रममा अप्रिय घटना हुन नदिन नयाँ दिल्लीको सुरक्षा व्यवस्था कडा पारिएको छ । दिल्लीका अधिकांश स्थानमा प्रहरीसहित अर्धसैनिक बल खटाइएको छ ।
भारतमा गणतन्त्र दिवस मनाउने परम्परा सन् १९५० देखि शुरु भएको हो । भारतले आफ्नो संविधान जारी भएको दिन हरेक वर्ष २६ जनवरीलाई गणतन्त्र दिवसको रुपमा मनाउँदै आएको छ ।