प्रहरी बुलेटिनमा १० समाचार ( के के गर्यो पहरीले पछिल्ला दिनमा )

0
384

(१) जागिर लगाई दिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ ः
काठमाडौँ, १२ माघ
भ्रष्ट्राचार मुद्धामा विशेष अदालत काठमाडौंको २०७२ साल असोज २२ गतेको फैसलाले ६ महिना कैद तथा ३ लाख ९७ हजार रुपैयाँ जरीवाना ठहर भई वेरुजु रहेको काठमाडौं मनमैजु–९ बालाजु बस्ने नेपाल कृषि अनुसन्धान परिषद सिंहदरवारका प्राविधिक सहायक ५३ वर्षीया गौरीमाया घिमिरे (रेग्मी) लाई केन्द्रीय प्रहरी अनुसन्धान ब्यूरोको टोलीले माघ १० गते सिंहदरवारबाट पक्राउ गरेको छ ।
प्रहरीले घिमिरेलाई फैसला कार्यान्वयनको सिलसिलामा काठमाडौं जिल्ला अदालतमा पेश गरेकोमा आदलतले बेरुजु कैद भुक्तानको लागि सोमबार कारागार कार्यालय जगन्नाथदेवल काठमाडौंमा पठाइएको छ ।
घिमिरेले आर्थिक वर्ष २०६९–७० मा खुलेको नेपाल कृषि अनुसन्धान परिषदमा प्राविधिक सहायक पदको पदपुर्ति सम्बन्धी विज्ञापन अनुसार दरखास्त दिन पुगेका नगेन्द्र घिमिरे सहित पाँचजनालाई सोही पदमा जागिर लगाई दिने प्रलोभनमा पारी निजहरुबाट ३ लाख ९७ हजार रुपयाँ घुस लिई ठगी गरेकी थिइन् ।

(२) नियन्त्रित लागू औषध सहित पक्राउ ः
काठमाडौँ, १२ माघ
लागू औषध नियन्त्रण व्यूरो कोटेश्वरबाट खटिएको प्रहरी टोलीले काठमाडौँ महानगरपालिका–१५ डल्लु बस्ने धादिङ खानीखोला–३ घर भएका ३५ वर्षीय प्रभु तामाङलाई नियन्त्रित लागू औषध सहित पक्राउ गरेको छ ।
तामाङलाई प्रहरीले आइतबार काठमाडौँ महानगरपालिका–१५ स्वयम्भू स्थित सडक किनारामा बा.७० प ५८६९ नम्वरको स्कुटर रोकी शंकास्पद अवस्थामा बसी रहेको फेला पारी चेकजाँच गर्दा स्कुटरको डिकीमा लुकाई राखेको अवस्थामा बुप्रेनर्फिन ९९ एम्पुल, डाईजेपाम ९९ एम्पुल, फेनारगन ९९ एम्पुल र नाइट्रोभेट ९ चक्की, ट्रामाडोल २६ क्याप्सुल बरामद भएको थियो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
(३) खुकुरी प्रहार गर्ने पक्राउ ः
सिन्धुपाल्चोक, १२ माघ
धारिलो हतियार खुकुरी प्रहार गरेको अभियोगमा पांग्रेटार–८ स्थित खाँडीचौर बस्ने ३५ वर्षीय नातिकाजी कार्की र ४० वर्षीय चेत बहादुर माझीलाई प्रहरीले पक्राउ गरेको छ ।
मादक पदार्थ सेवन गरेका उनीहरुले सोमबार राति सोही ठाउँ बस्ने २३ वर्षीय बिनोद माझी, १८ वर्षीय संजित माझी र २० वर्षीय गणेश माझिलाई खुकुरी प्रहार गरेका थिए । घाइते तीनैजनालाई उपचारको लागि स्थानीय अस्पतालमा लगिएको छ । घाइते मध्ये बिनोद र संजित माझीको अवस्था गम्भीर रहेको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

(४) खुकुरी प्रहार गरी ज्यान मार्ने पक्राउ ः
सल्यान, १२ माघ
खुकुरी प्रहार गरी ज्यान मारेको अभियोगमा गर्पा–३ बस्ने ४५ वर्षीय कालीराम बुढालाई प्रहरीले पक्राउ गरेको छ ।
बुढाले सोमबार सोही ठाउँ बस्ने मान बहादुर पुनको घरमा झाक्री बसालेको हेरिरहेका ५० वर्षीय तारा प्रसाद डाँगीलाई खकुरीले घाँटीमा हान्दा डाँगीको घटनासथलमै मृत्यु भएको थियो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

(५) हसिया र ढुंगा प्रहारबाट मृत्यु ः
सुर्खेत, १२ माघ
लगाम–४ पाखेरे बस्ने २७ वर्षीया पुष्पा पुनको हसिया तथा ढुंगा प्रहारबाट मृत्यु भएको छ । आप्mनै घरमा सोमबार भाडा माझ्ने क्रममा आमाजु नाता पर्ने कैलाली सुगरखाल–२ बस्ने ३५ बर्षीया जमुना घर्तीले हसिया र ढुंगा प्रहार गर्दा गम्भीर घाइते भएकी उनलाई उपचारको लागि सदरमुकामतर्फ लैजाने क्रममा बाटैमा मृत्यु भएको थियो ।
घटनापछि फरार रहेकी जमुना घर्तीको खोजतलास गर्नुृको साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

(६) रुख काट्ने क्रममा मृत्यु ः
सर्लाही, १२ माघ
रुख काट्ने क्रममा रुखले लागेर भेलही–५ बस्ने ४५ वर्षीय रामहरी साहको मृत्यु भएको छ भने भेलही–७ बस्ने ४५ वर्षीय श्यामबाबु रावत र भेलही–६ बस्ने २० वर्षीय प्रबेश नाम गरेका व्यक्ति घाइते भएका छन् ।
सोमबार भेलही–३ ब्रहम स्थानमा रहेको पिपलको रुख काट्ने क्रममा रुखले लागेर घाइते भएका उनीहरुलाई जिल्ला असपताल लगिएकोमा उपचारको क्रममा साहको मृत्यु भएको हो ।

(७) सवारी दुर्घटनामा मृत्यु ः
काठमाडौँ, १२ माघ
मकवानपुर ः हेटौडा उपमहानगरपालिका–२२ शिवंम सिमेन्ट फ्याक्ट्री नजिक ना.६ ख २९ नम्बरको ट्रक ब्याक गर्ने क्रममा सोमबार सोही ट्रक सह–चालक वतन खुलन नसकेका १८ वर्षीय अर्जुन राय उक्त स्थानमा रोकी राखेको ना.५ ख ८२९८ नम्बरको ट्रकमा च्यापिन गई गम्भीर घाइते भएकोले जिल्ला अस्पताल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको छ । दुबै ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
रुकुम ः पिपल–४ स्थित लु.२ त ५०७१ नम्बरको ट्याक्टर सोमबार बियुयनिको मोडमा पल्टेर दुर्घटना हुँदा पिपल–५ बस्ने १२ वर्षीय कृष्ण खत्री र पिपल–४ बस्ने १४ वर्षीय दिपक जैशीको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा ट्याक्टर चालक स्यालाखडी बस्ने ३६ वर्षीय बलजित पुन समेत गम्भीर घाइते भएकोले उपचारको लागि सिस्नेरी अस्पतालमा लगिएको छ । यस सम्बनधमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

(८) आधा भाग जलेको अवस्थामा शव फेला ः
सर्लाही, १२ माघ
ईश्वरपुर नगरपालिका–४ स्थित सागरनाथ जंगलमा सोमबार नाम,थर,वतन खुल्न नसकेका अंदाजी २२ वर्षीय पुरुष व्यक्तिको शरिरको आधा भाग जलेको अवस्थामा शव फेला परेको छ ।
यस सम्बनधमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
(९) आगलागीबाट क्षति ः
काठमाडौँ, १२ माघ
काठमाडौँ ः काठमाडौँ महानगरपालिका–३१ पुतली सडक स्थित हिरादेवी तण्डुकारको तीन तले घरको भुई तलामा हरिशरण धितालले संचालन गरेको न्यू हिमालयन कम्प्यूटर पसलमा सोमबार बिजुली सर्ट भई आगलागी हुँदा ८ लाख बराबरको क्षति भएको छ । आगो पैmलिएर सोही तलामा भारत घर भई पुतलीसडक न्यू प्लाजा बस्ने मनोज जैनले संचालन गरेको सिभी ईन्फोटेड कम्प्यूटर पसलमा समेत आगलागी हुँदा ४ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।
मोरङ ः तेतरिया–४ बस्ने शम्भु शर्माको घरको भान्सा कोठाबाट सोमबार आगो सल्की आगलागी हुँदा फुसको छानो भएको एकतले घर, शर्माको बाबु रुपलाल शर्मा र भाई जितेन शर्मा समेतको फुसको घर समेत जलेर करीव ७ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।
कंचनपुर ः बेलडाँडी–१ झरना सागर बस्ने चक्रदत्त अवस्थिको दुईतले घरमा सोमबार आगलागी हुदाँ करिव ३ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको छ ।