नाकाबन्दी नखोले सम्म भारत जान्न : प्रधानमन्त्री ओली

0
610

काठमाण्डौ माघ १२ । प्रधानमन्त्री केपी शर्मा ओलीले एक÷दुई दिनमै नाकाबन्दी हट्ने दाबी गर्नुभएको छ ।
उहाँले नेपाल भारतको सीमा नाका सामान्य नभए भारत भ्रमणमा नजाने बताउनु भयो ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज पत्रकारहरुसँग उहाँले नाकाबन्दी घोषित रुपमा नभएकाले अघोषित रुपमै हट्ने बताउनु भयो ।
नाकावन्दी कहिले खुल्छ भन्ने पत्रकारको प्रश्नमा उहाँले १÷२ दिनमा नै खुल्ने दाबी गर्नुभयो । यसअघि पनि प्रधानमन्त्री ओलीले पटक पटक नाकाबन्दी खुल्छ भन्ने अभिव्यक्ति दिनुभएको थियो ।
आफू विश्वास गर्ने मान्छे भएको भन्दै ओलीले कहिले काँही विश्वासमा धोका हुने गरेको बताउनु भयो ।