चार पाँग्रेलाई तेल बुधबार देखि

0
374

काठमाण्डौ माघ १२ । नेपाल आयल निगमले काठमाडौं उपत्यका र आसपासका क्षेत्रमा भोलीदेखि चारपांग्रे निजी सवारीलाई पनि तेल वितरण गर्ने भएको छ ।
हिजोसम्म मोटरसाइकललाई तेल बाँडेको निगमले भोलिदेखि ३ दिन लटअनुसार निजी चार चारपांग्रे कार तथा जीपलाई तेल दिन लागेको हो । भोली ५९ वटा पम्पबाट १ देखि ६ लट सम्मका कारले तेल भर्न पाउने निगमले जनाएको छ ।
तेल भर्ने सवारीको लागि नवीकरण भएको ब्लुबुक अनिवार्य गरिएको छ ।
भोलि टेकुको नेशनल ट्रेडिङ, सानेपाको इन्द्रायणी, बसुन्धराको महालक्ष्मी र हल्चोच पम्पबाट जोर नम्बरका ट्याक्सीले समेत तेल भर्न पाउने नेपाल आयल निगमले सूचना जारी गरेर जानकारी दिएको छ ।