काठमाडौँ, १२ माघ । नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले भारतको ६७औँ गणतन्त्र दिवसका अवसरमा पार्टीको तर्फबाट भारती प्रधानमन्त्री नरेन्द्र मोदी र भारतीय जनताप्रति बधाई दिनुभएको छ ।
भारतीय प्रधानमन्त्रीलाई आज सन्देश पठाउँदै व्यवस्थापिका–संसद्मा प्रमुख विपक्षी दलका नेता कोइरालाले नेपाल र भारतबीच आपसी समझदारी, सद्भावना र सहयोगका आधारमा सरकारी र जनस्तरमा बहुआयामिक सम्बन्ध रहेको बताउँदै बर्षाैँ पुरानो सम्बन्ध आउँदा वर्षमा अझ फराकिलो र गहिरो हुने विश्वास व्यक्त गर्नुभएको छ ।
कोइरालाले हाल नेपालमा उत्पन्न परिस्थितीलाई सामान्यकरण गर्ने कार्यमा सहयोगको अपेक्षा रहेको भन्दै नेपाल भारतका हरेक समस्यामा संगै अगाडी बड्न चाहेको भन्दै भारतीय प्रधानमन्त्री मोदीको सुस्वास्थ्य र सुखका साथै भारतीय जनताको शान्ति, प्रगति र समृद्धिको निरन्तर कामना पनि गर्नुभएको छ ।