माघ १३ काठमाण्डौ । नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले पार्टीको १३ औं महाधिवेशनमा सभापतिका लागि उम्मेद्धारी दिन आफूलाई कसैले रोक्न नसक्ने बताउनु भएको छ ।
तनहुँको दमौलीमा आज विहान पत्रकारहरुसँग कुरा गर्दै उहाँले उम्मेद्वारीका लागि आफूले खुट्टा नकमाउने दोहो¥याउनुभयो ।
उहाँले आफ्नो उम्मेदवारीको औपचारिक घोषणा भने माघ २५ गतेपछि मात्रै गर्ने जानकारी दिनुभयो ।
पार्टीभित्रको गुट उपगुट र भागवण्डाको राजनीति अन्त्य गर्न पनि आफूले नेतृत्व लिनुपर्ने उहाँको भनाइ छ ।