बिरगञ्ज नाका खुल्यो

0
834

माघ १३ बिरगञ्ज । मधेशी मोर्चाका केही कार्यकर्ता धर्नामा बसे पनि वीरगञ्ज–रक्सौल नाका बाट नेपालतर्फ विभिन्न सामान आयात हुने क्रम बढेको छ ।
वीरगञ्ज–रक्सौल नाकाको मितेरी पुलमा नाका ठप्प पार्दै आएका मधेसी मोर्चाको कार्यकर्ताको संख्या घटेपछि सामान आयात बढ्न थालेको हो ।
आयात बढेसँगै वीरगञ्ज भन्सार कार्यालयको राजस्व समेत बढेको छ ।
व्यापारीहरुले रातको समयमा टांगा, ठेलागाडा र भरियामार्फत रक्सौलबाट मितेरी पुल हुँदै सामान ओसार्न थालेका छन् ।
दुई हप्तादेखि कारोबारी र व्यापारीहरुले ल्याएका सामान रक्सौल कस्टमले भन्सार प्रक्रिया पु¥याएर पठाउने गरेको छ ।