मेडीकल आयोगले आजदेखि काम थाल्यो ।

0
597

माघ १३, काठमाण्डौ । मेडिकल कलेजको सम्बन्धन, कोटा तथा शुल्क निर्धारणका क्रममा भएका अनियमितताबारे छानबिन गर्न गठित न्यायिक आयोगले आज काम शुरु गदैृछ ।
आयोग अध्यक्षमा नारायण दाहाल एवं सदस्यहरुमा गीताप्रसाद तिमिल्सिना र जीवन क्षेत्री हुनुहुन्छ ।
मेडिकल कलेजको सम्बन्धनबारे त्रिभुवन विश्वविद्यालयको चिकित्सा शास्त्र अध्ययन संस्थान, काठमाडौ विश्वविद्यालयको निर्णय र त्यसको आधार, मेडिकल काउन्सिलको निर्णय लगायतबारे छानबिन हुने आयोग अध्यक्ष दाहालले जानकारी दिनुभयो ।
आयोगले मेडिकल कलेजको कोटा, पूर्वाधार र तिनीहरुको निर्णयको आधारबारे पनि छानबिन गर्नेछ ।
गठन भएको लामो समयपछि पनि क्रियाशील हुन नसकेको आयोगले हिजोदेखि मात्र क्रियाशील हुने औपचारिक बाटो खुलेको हो ।
कार्यविधि बनाएर काम सुरु गर्ने तयारी आयोगले गरेको छ ।