संयुक्त राष्ट्रसंघले नै आतंकवादलाई उक्साएको इजरायली प्रधानमन्त्रीको आरोप ।

0
616

संयुक्त राष्ट्रसंघले आतंकवादलाई उक्साएका इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले संयुक्त राष्ट्रसंघका महासचिव वान कि मुनले नै आतंकवादलाई उक्साएको आरोप लगाउनुभएको छ ।
महासचिव वानले संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्को बैठकमा प्यालिस्टेनीहरुमाथि इजरायलले गरेको कारवाहीको निन्दा गरेपछि प्रधानमन्त्री नेतनन्याहुले यस्तो आरोप लगाउनुभएको हो ।
इजरायली प्रधानमन्त्री नेतन्याहुले संयुक्त राष्ट्रसंघले पहिलादेखि नै आफ्नो निष्पक्षतालाई कायम गर्न नसकी आफ्नो नैतिक शक्तिलाई गुमाएको आरोप लगाउनुभएको बिबिसीले उल्लेख गरेको छ ।
निरन्तर द्वन्द्वका कारण प्यालेस्टेनी युवा पुस्तामा देखिएको अलगाववाद र चरम निराशाले शान्तिप्रक्रियालाई कमजारे बनाएको उहाँको भनाई छ ।
प्यालेष्टेनी आक्रमणकारीहरुले नयाँ राज्यको निर्माण भन्दा पनि राज्य ध्वंसको बाटोमा लागेको उहाँको टिप्पणी छ ।