नयाँ दिल्ली ४ माघ एजेन्सी । भारतको छत्तिसगढ राज्यमा प्रहरी र माआबादि विद्रोहीबीच भएको दोहोरो गोली हानाहानमा तीन विद्रोहीको मृत्यु भएको छ ।
प्रान्तीय राजधानी रायपुरदेखि ३६७ किलामिटर दक्षिणमा पर्ने दन्टेवादा जिल्लामा रहेको प्रहरु िचौकीमा माओबादिले आक्रमण गरे पछि दोहोरो गोलीहानाहान भएको समाचारमा जनाइएको छ ।
जङ्गलको पहाडी इलाकामा भएको दोहोरो गोली हानाहानमा तीन विद्रोहीको मृत्यु भएको प्रान्तीय अधिकारीले जनाएका छन् ।
जिराम उपत्यकामा विद्रोहीहरुले गरेको एम्बुस आक्रमणमा कम्तीमा ३१ व्यक्तिको मृत्यु भईसकेको बताइएको छ ।
उक्त आक्रमणहरुमा कँग्रेस पार्टीका स्थानीय नेता मारिएका छन् । सो आक्रमणहरुमा अन्य कैयौ व्यक्ति घाइते भएको तर यकिन बिबरण आइ नसकेको जनाइएको छ।