मगन्तेका कारण पैदल हिंड्नै सास्ती (फोटो फिचर)

0
604
COPYRIGHTED

तपाई राजधानीको रत्नपार्क,पुरानो बसपार्क,भृकुटिमण्डप लगायतका क्षेत्रमा पैदल यात्रा गर्नु भएको छ भने त तपाई यो बिषयको जानकार नै हुनुहुन्छ । यदि तपाई उक्त बाटो भएर पैदल यात्रा गर्नु भएको छैन भने यो बिषय तपाईलाई रोचक लाग्न सक्छ । तपाई सडकमा हिंडिरहनु भएको छ भने ८ देखि १२ बर्ष उमेरका देखिने बच्चा बच्ची तपाईको गोडा समाउन आई पुग्छन् । पहिलो पटक यो बाटो हिंड्नेहरु के भयो भन्दै भाग दौड गर्छन् भने जानकारहरु बच्चा बच्चीलाई गाली गर्छ्न । केटा केटीसँगै सडक सकनारमा उनिहरुका आमा जस्ता देखिने महिलाहरु बसिरहेका हुन्छन् । उनिहरु बिषेश गरेर युवा युवती सँगै हिँडेको देख्ने बित्तिकै दिदी पैसा दिनुस् भन्दै गोडा समाउन पुग्छन् । प्राय युवाहरुको गोडा (बच्चा)केटाहरुले नै समाउँछन् भने युवतिहरुको गोडा (बच्ची)केटिहरुले समाउँछन् । उनिहरु यस्तो कार्यमा निपुर्ण भैसकेका छन् ।

COPYRIGHTED
COPYRIGHTED

को हुन उनिहरु ?
अल्पबिकसीत देशमा सडकमा मानिसहरु माग्न बस्नु अचम्मको बिषय होईन तर राजधानीका निश्चित स्थानलाई अड्डा बनाउने उनिहरु कहाँबाट आए ? कस्ले उनिहरुलाई सहयोग गरिरहेको छ ?र कस्को लागी उनिहरुले पैदल यात्रुबाट पैसा संकलन गरिरहेका छन् त ?
भलक्क हेर्दा लाग्छ उनिहरु मधेश मुलका गरिब नेपाली नै हुन तर उनिहरु नेपाली बोल्न जान्दैनन् । यस्ले स्पष्ट पार्छ की उनिहरु भारतीय नागरिक हुन ।

COPYRIGHTED
COPYRIGHTED

गिरोह कहाँ छ ?
सडकमा यस्ता केटा केटि मात्र होईन माग्ने स्थान नै स्थायी बनाएर बस्नेहरु थुप्रै छन् । कोही आँखा देख्न सक्दैनन् त कोही हात खुट्टै नभएका पनि छन् भने कोही आँखा देख्दा देख्दै पनि नदेख्ने भएको नाटक गर्दै माग्न बसेका छन् त कोही नक्कली घाउ बनाएर रातो रँगलगाई सडकमा सुतिरहेका हुन्छन् । सडकमा माग्न बस्नेको पनि आफ्नै बाध्यता छ कति पयको माग्नुको अर्को कुनै बिकल्प छैन भने कतिपय जड बनेको गिरोहका लागि सडकलाई प्यार गरि रहेका छन् । उनिहरु कुनै गिरोहबाट प्रशिक्षत भए पश्चात सडकमा माग्न बसेको स्पष्ट हुन्छ । महानगरपालीकाले गरेको अध्यानबाट स्पष्ट हुन्छ की अपाङगता भएका ब्यक्तिहरुलाई निश्चित स्थानमा ल्याउने लैजाने गर्ने गीरोह छ जस्ले अनपेक्षित रकम सडकबाटै संकलन गरिरहेको छ ।

COPYRIGHTED
COPYRIGHTED

महानगरपालिका नाजवाफ
यस्को नियमनकारी निकाय काठमाण्डौ महानगरपालीकाको नयाँ कार्यालय भएको स्थान भृकुटिमण्डप अगाडीकोे गेटैमा भएको यस्तो कार्यको जानकार छैन् र उस्ले मगन्तेहरुले पैदल यात्रीलाई पार्ने असरको बिषयमा सोच्न समेत भ्याएको छैन । किनकी उस्लाई यो समस्या समाधान गर्दा पाईदा नै हुदैन । बिकसीत देशहरुमा सडकमा बसेर माग्नु राष्ट्रबिरुद्धको कार्य मानिन्छ त्यसो गरेमा कडा कारबाहिको भागीदार बन्नु पर्छ । हामी कहाँ जे गरे पनि छुट छ त्यसैको फाइदा जस्लेसक्छ लुटेकै छ ।

COPYRIGHTED
COPYRIGHTED
COPYRIGHTED
COPYRIGHTED
COPYRIGHTED
COPYRIGHTED