आईसीसी यू (१९) विश्वकपमा नेपालको सान्दार जीत,न्युजिल्याण्ड ३२ रनले पराजीत

0
631

काठमाडौं : बंगालदेशमा जारी आईसीसी यु (१९ विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत आज भएको खेलमा नेपालले क्रिकेटको बलियो टिम न्यूजिल्यान्डलाई ३२ रनले पराजित गर्दै नेपाली दर्शकलाई हर्सित बनाएको छ ।

बङ्गलादेशको खानसाहेब ओसमान अलि रङ्गशालामा भएको खेलमा पहिले ब्याटिङ गर्दै नेपालले दिएको २३९ रनको चुनौती पछ्याएको न्यूजिल्यान्ड सबै विकेट गुमाउँदै ४७.१ ओभरमा २०६ रनमै सीमित भएपछि नेपालले सहज जित दर्ता गरेको हो ।ICC under 19 world cup cricket

नेपाललाई जिताउने क्रममा दिपेन्द्र सिंह एेरीले सर्बाधिक ३ विकेट  लिएका थिए । त्यसैगरी प्रेम तामाङले २ विकेट तथा सन्दिप लामिछाने र सुनिल धमलाले समान १ १ विकेट लिएका थिए ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले कप्तान राजु रिजालको ४८ रनको मद्दतमा ५० ओभर खेल्दै ७ विकेटको क्षतिमा २३८ रन बनाउन सफल भएको थियो ।

प्रतियोगितामा समूह ‘डी’ मा रहेको नेपालले अघिल्लो चरण प्रवेशका लागि आज न्युजिल्यान्डविरुद्वको खेल निकै महत्वपूर्ण मानिएको छ । आजको खेलमा जित हासिल गरे सँगै नेपालको दोस्रो चरण प्रबेसको ढोका खुलेको छ । समुह चरणबाटै बाहिरीने अनुमानका आधारमा नेपाली खेल प्रेमीहरुले धेरै आशा गरेका थिएनन् तर आजको जित सँगै नेपाली खेल प्रेमीको उत्साह बढेको सस्को प्रमाण समाजीक सञ्जालमा देखिएको बधाई र शुभकामना नै काफी छ ।