बिरगञ्ज नाकामा पुनः अवरोध

0
431

अशोक तिवारी बिरगञ्ज माघ १४ । बिहिबार बिहान देखि भारतीय सीमानाकाबाट मालबाहक सवारी साधन नेपाल भित्रीए पनि मधेशी मोर्चाको आन्दोलनलाई समर्थन जनाऊदै बोल वमका बाबाहरू धर्नामा बसेपछि नाका पुन बन्द भएको छ ।
बोल वमका बाबाहरूको काफिलाले बीरगंज वडा न २८ सिरिसियां मा रहेको सुख्खा बन्दरगाहाको बाटोमा धर्ना बसी वाटो अवरूध गरेका छन । प्रहरीले वाटो खुलाउन पहल गरे पनि बाटो नखुले पछि प्रहरीले दमकलको सहायतामा धर्नाकारीहरुमाथि पानीको फोहोरा लगाई तितरबितर बनाएको थियो । धर्नामा बसेका बोलबमका बाबाहरुले प्रहरी दमनको बिरोध गरेका छन् ।bolbam