बिरगञ्ज नाका फेरी बन्द

0
594

माघ १५ बिरगञ्ज अशोक तिवारी । आज बिहानबाट सञ्चालनमा आएको बिरगञ्ज नाका मधेशी मोर्चाको अबरोधका कारण पुन अबरुद्ध भएको छ । बिहान नाका खुले पछि १० वटा मालबाहक सवारी साधन नेपाल प्रबेश गरेकोमा ३ वटा सवारीमात्रै भारत प्रबेश गरेका छन् । नाका खुलेको समाचार सार्वजनिक भए सँगै मोर्चाका कार्यकर्ताहरु बिहान नौ बजे नाकामा अबरोध गर्न पुगेका थिए । आन्दोलनरत मधेशी मार्चाले भने आफ्ना माग राज्यले पुरा नगरेको भन्दै आन्दोलनको कार्यक्रम यथावत रहेको जनाएको छ । मोर्चाका कार्यकर्ताले नाकामा अबरोध जारी राखेका छन् भने बाक्लोमात्रा सुरक्षा कर्मी परिचालन गरिएको छ ।