औपचारिकतामा सिमीत सहिद सप्ताह

0
383

काठमाडौँ, १५ माघ । सरकारले आब्हन गरेको सहिद सप्ताहको छैटौ दिन आज सहिद गङ्गालाल श्रेष्ठ र दशरथ चन्दलाई मृत्युदण्ड दिइएको स्थान शोभा भगवतीमा आज उहाँहरूप्रति श्रद्धाञ्जलि अर्पण गरि स्मरण गरिएको छ । विसं १९९७ माघ १५ गते उहाँहरूलाई तत्कालीन राणा सरकारले प्रजातन्त्रका लागि जनतालाई एकजुट बनाएको र शिक्षित गराएको आरोपमा मृत्युदण्ड दिएको थियो । काठमाडौँ महानगरपालिकाको संयोजकत्वमा विसं २०१२ देखि प्रत्येक वर्ष सहिद सप्ताहको आयोजना गरिँदै आएको छ ।  माघ १०, १३ र १५ गते चार सहिद धर्मभक्त माथेमा, शुक्रराज शास्त्री, गङ्गालाल श्रेष्ठ र दशरथ चन्दलाई क्रमशः पचली, सिफल र शोभा भगवतीमा झुन्ड्याएर तत्कालीन राण सरकारले ज्यान लिएको थियो । तीनै सहिदहरुको योगदानले देशमा प्रजातन्त्र स्थापना भएको हो । आजको दिन उहाँहरूको योगदानको स्मरण गर्दै सहिदहरु प्रति सम्मान गर्ने चलन चलिआएको छ। पछिल्लो समयमा आन्दोलनका मारिएकाहरुलाई पनि सहिद घोषणा गर्दै दश लाख रुपैयाँ दिने चलनलाई जानकारहरुले सहिदको अपमानको रुपमा बिश्लेषण गर्ने गरेका छन् ।