क्यान इन्फोटेक सुरु,ब्यबस्थापन भद्रगोल

0
665

माघ १५ काठमाण्र्डौ । कम्प्युटर एशोसिएशन अफ नेपाल (क्यान) महासंघको आयोजनामा सुबिसु क्यान इन्फोटेक आजबाट सुरु भएको छ ।

COPYRIGHTED

नेपाल पर्यटन बोर्डको सभासहलबाट प्रधानमन्त्री केपी शर्मा ओलीले ईन्फोटेकको उद्घाटन गर्नु भएको छ ।
राजधानीको भृकुटी मण्डपमा २० गतेसम्म चल्ने प्रदर्शनीमा हार्डवेयर सेल्स तथा मेन्टिनेन्स, पावर सोलुसन, मोबाइल एसोसरिज, डिलर र डिस्ट्रब्युटर्स, इन्टरनेट सेवा प्रदायक, टेलिकम्युनिकेशन्स, आइसिटी कलेज, टे«निङ इन्स्टिच्यूट, सफ्टवेयर सोलुसन, पेमेन्ट सोलुसन र अन्य प्रविधिका स्टल रहेको आयोजकले जनाएको छ ।
आयोजकका अनुसार मुख्य हलभित्र ४९ र बाहिर तीन गरी ५२ वटा ब्रान्ड प्रदर्शनी कक्ष राखिएका छन् ।

COPYRIGHTED
त्यसैगरी, ट्रसमा १ सय चार, खुला स्थानमा १४ र फुड स्टल पाँच गरी जम्मा १ सय ७५ वटा स्टल छन् ।
आयोजकले आइतबारलाई बिजनेश डे घोषणा गरेको छ । १८ र १९ गते क्यान सूचना तथा सञ्चार प्रविधि सम्मेलनको आयोजना हुनेछ ।

COPYRIGHTED

मेला करिब ४ लाखले अवलोकन गर्ने अनुमान आयोजकले जनाएको छ । मेलामा सर्वसाधरणलाई १ सय रुपैयाँ र विद्यार्थीाई ५० रुपैयाँ प्रवेश शुल्क तोकिएको छ ।
अनलाइन टिकट खरिद गर्नेलाई २० प्रतिशत छुट दिइने आयोजकले बताएको छ ।