जिका भाइरसले १ बर्षमा ४० लाख प्रभावित हुने

0
752

१ वर्षभित्रमा अमेरीकी महादेशका ३० देखि ४० लाख मानिसमा जिका भाइरसको संक्रमण हुन सक्ने विश्व स्वास्थ्य संगठन डब्लु एच ओले चेतावनी दिएको छ ।
जिका भाइरसको महामारी फैलिँदै गएपछि नियन्त्रणको पहलस्वरुप डब्लुएचओले आपतकालिन समूह गठन गरेको छ ।
समूहको आउँदो सोमबार बस्ने बैठकमा जिका भाइरसलाई पनि इबोलाको जस्तै अन्तर्राष्ट्रिय आपतकालिन अवस्था घोषणा गर्ने नगर्ने बारेमा छलफल हुने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
डब्लुएचओकी महानिर्देशक माग्रेट चानले जिका भाइरस डरलाग्दो रुपमा फैलिरहेको बताउनुभएको छ ।
अमेरिकी वैज्ञानिकले जिका भाइरस विरुद्ध तत्काल काम नथाले त्यसले विकराल रुप लिने बताएका छन् ।
यो भाइरस सन् १९४७ मा युगाण्डामा देखा परेको थियो । सन् २०१५ को मे महिनादेखि भने यसको संक्रमण ब्राजिलमा देखा परेको थियो ।
अहिले ब्राजिल सहित पूरै अमेरिका र क्यारेबियन क्षेत्रका २० भन्दा बढी राष्ट्रमा जिका भाइरस फैलिरहेको छ । भाइरसका कारण बच्चाको मस्तिस्कमा असर गर्ने भएकाले ब्राजिलले गर्भवती महिलाको गर्भ पतन गराउन अनुमति दिनुपर्ने माग समेत गरेको छ ।