भ्यालेन्सिया र सेभिल्ला, स्पेनिस कोपा डेल रे फुटबल प्रतियोगिताको सेमिफाइलमा प्रवेश गरेका छन् ।
गएराती भएको क्वाटरफाइनलको दोस्रो लेगमा लास पालमसलाई उसकै घरेलु मैदानमा १–० गोलले पराजीत गर्दै समग्रमा २–१ को जितसहित भ्यालेन्सिया सेमिफाइनलमा प्रवेश गरेको हो ।
यसअघि घरेलु मैदान मेटालिस्टमा भएको पहिलो लिगमा भ्यालेसिन्या र लास पालमसले १–१ को बराबरी खेलेका थिए ।
यसैगरि मिरान्डेसलाई ३–० गोलले पराजीत गर्दै समग्रमा ५–० को जितसहित सेभिल्ला पनि सेमिफाइलनमा प्रवेश गरेको छ ।
यसअघि क्वाटरफाइनलको पहिलो लिगको सेभिल्ला २–० गोलले विजयी भएको थियो । साबिक बिजेता बार्सिलोना र सेल्टा डी भिगो यसअघि नै अन्तिम चारमा प्रवेश गरिसकेका छन् ।