नाका बन्दी हावाले उडायो : प्रधानमन्त्री

0
711
COPYRIGHTED

माघ १५ काठमाण्डौ । प्रधानमन्त्रि केपी शर्मा ओलीले सुचना प्रविधिको माध्यमबाट मुलुकको समग्र विकासलाई तिव्रता दिन सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ ।
सुबिसु क्यान इन्फोटेक २०१६ को उद्ध्घाटनमा उहाँले मुलुकको विकासको गतिलाई यथास्थितिबाट माथि बठाउन पनि सुचना प्रविधि र सञ्चार क्षेत्रको महत्वपुर्ण भुमीका रहने उल्लेख गर्नुभयो ।
देशलाई आधुनिक बनाउन र विकास गर्न टेक्नोलोजीको जरुरी भइसकेको भन्दै उहाँले विकासले फड्को मार्दै गए नेपाललाई ई–नेपाल वा डिजिटल नेपाल घोषणा गर्न सकिने बताउनुभयो ।
फरक प्रसंगमा प्रधानमन्त्री ओलीले भूत भगाउन धामी झाँक्रीले बनाएको खरानीको घेरा उडेजस्तै दक्षिणी सिमामा भएको अघोषित नाकाबन्दी खरानी उडे झै छिट्टै उड्ने बताउनुभयो ।
कम्प्युटर एशोसिएशन नेपाल क्यान महासंघका अध्यक्ष बिनोद ढकालले सुचना र प्रवधिलाई राजनितिक भागवण्डा भित्र राख्न नहुनेमा जोड दिनुभयो ।
लोडसेडिङको अन्त्य र पाइपलाईनबाट उपभोक्तालाई ग्यास वितरण गर्ने प्रधानमन्त्रिको उद्ध्घोषलाई सार्थकता दिन तरारुकताको खाँचो रहेको औँल्याउँदै उहाँले विकासमा प्रतिवद्ध रहे संभव रहेको उल्लेख गर्नुभयो ।
कम्प्युटर एशोसिएशन नेपाल क्यान महासंघको आयोजनामा राजधानीको भृकुटी मण्डपमा आजदेखी सुरु भएको सुबिसु क्यान इन्फोटेक यहि २० गतेसम्म चल्ने छ ।
प्रदर्शनीमा सुचना प्रविधि संग संवन्धित र फुड स्टल ५ ओटा गरी जम्मा १ सय ७५ वटा स्टल छन् ।  आइतबारलाई बिजनेश डे घोषणा गरिएको छ । १८ र १९ गते क्यान सूचना तथा सञ्चार प्रविधि सम्मेलनको आयोजना हुनेछ ।