स्थानीय निकाय पुनःसंरचना आयोग फागुनमा : उपप्रधानमन्त्री

0
574

काभ्रे माघ १५ । उपप्रधान एवम् सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्री कमल थापाले फागुनको पहिलो हप्ता स्थानीय निकाय पुनःसंरचना आयोग गठन हुने बताउनुभएको छ ।
सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले आज धुलिखेलमा गरेको अर्धवार्षिक प्रगति समीक्षा गोष्ठीमा उहाँले अयाोगले एक वर्षभित्रमा स्थानीय निकायको पुनःसंरचानाबारे प्रतिवेदन बुझाउने जानकारी दिनुभयो ।
नयाँ संविधानले संविधान जारी भएको ६ महिनाभित्र स्थानीय निकाय पुनःसंरचना आयोग गठन गर्ने प्रावधान राखेको उहाँको भनाइ छ ।
उहाँले स्थानीय निकायको पुनःसंरचनाका लागि आयोगले तयार पारेको प्रतिवेदनले स्थानीय निकायलाई बलियो र नयाँ मार्ग निर्देश गर्ने जानकारी दिँदै नयाँ संविधानमा फरक विचार भएकालाई पनि सम्बोधन गर्ने प्रावधान रहेको बताउनुभयो । गोष्ठीमा मध्यमाञ्चलको १९ जिल्लाका स्थानीय विकास अधिकारी, नगरपालिकाका कार्यकारी अधिकृतको सहभागिता छ ।