आज सहिद दिवस,घाईते र पिडीतको अवस्था दयनीय !

0
692
COPYRIGHTED

काठमाडौ, १६ माघ । आज सहिद दिवस बिभिन्न कार्यक्रम गरी सहिदहरुको स्मरण गरिंदै छ । सरकारले गठन गरेको सहिद दिवस मूल आयोजक समितीले सहिद गेटमा माल्र्यापण कार्यक्रमको आयोजना गरेको छ । भने उस्ले लैनचौर स्थित सहिद स्मारकमा औपचारीक कार्यक्र गरेको छ भने सहिदहरु प्रति आस्थावानहरुले पनि आ—आफ्नै ढंगबाट स्मरण गरेका छन् ।
राजनीतिक ब्यबस्था परिवर्तनका लागि आफ्नो ज्यानको बलिदान दिने चार सहिदहरु शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गंगालाल श्रेष्ठको शाहदतबाट नेपालमा प्रजातन्त्रीक ब्यबस्थाको बिजारोपण भयो। यीनै चार ब्यक्तिको असली परिचय हो सहिद । १९९७ देखि २०६२÷०६३ को आन्दोलनबीचको करिब ६५ बर्षको अवधिसम्म नेपालमा ४ जना मात्रै सहिद थिए । अहिले नौ हजारसहितको सूचीमा नाम उल्लेख छ । घोषणा गरिएको सहिदहरुको एकमुष्ट विवरण कुनै पनि सरकारी निकायमा छैन ।

सरकारले सहिद दिवस मनाई रहँदा सहिद परिवारजनको समस्या जटिल देखिएको छ । राज्य ब्यबस्था परिवर्तनको संघर्षमा होमीएका आफन्त गुमाउनुको पिडा त छँदै छ अझै राज्यले सहिदका नाममा दिने भनेको सेवा सुबिधा नपाउँदा आफन्तलाई पिडीत बनाएको छ । पछिल्लो जनआन्दोलनबाट सहिद भएकाहरुको परिवार राज्यले उपेक्षा गरेको भन्दै आफन्तको सम्झनामा आँसु झारिरहेका छन् । सहिद दिवस मनाउनुको सार्थकता बाँचेका पिडीतहरुको खुसी हो भन्छन् सहिद परिवारजन । यो सँगै घाईतेहरुको पिडा पनि आफ्नै स्थानमा छ । उनिहरु पनि नमरेकाले मात्रै घाईतेको परिचय पाएका हुन अन्यथा सँगै गोली लागेकाहरु सहिद भैसके तर घाईतेहरु राज्यले दिे भनेको उपचारको हक समेत पाउन सकिरहेका छैनन् यो भन्दा पिडा अरु के हुन सक्छ ? सरकार अब त आँखा खोल् अनि सहिद र घाईते परिवारको समस्या सम्बोधन गर यो नै सहिद दिवसको सार्थक ता हुने छ ।