नेपालसामु आयरल्यान्डले दियो १३२ रनको झिनो लक्ष्य,नेपाल आज पनि जित नजिक

0
560

काठमाडौँ, १६ माघ । बंगलादेशमा जारी यु–१९ विश्वकप त्रिकेटअन्तर्गत आयरल्यान्डले नेपालसामु १३२ रनको झिनो स्कोरको लक्ष्य दिएको छ । बङ्गलादेशस्थित फतुल्लाह रङ्गशालामा टस जितेर ब्याटिङ गरेको आयरल्यान्डले १० ओभर खेल्दै ९ विकेटको क्षतिमा १३१ रन मात्र बनाउन सफल भयो ।  नेपालका लागि सन्दीप लामिछानेको ह्याट्रिकमा आयरल्यान्डले ५ विकेट गुमाएको थियो । त्यस्तै, दीपेन्द्र ऐरीले २ तथा सुनिल धमला र सुशील कँडेलले १÷१ विकेटलि सफल भएका थिए । नेपाली बलर सामु आयरल्यान्डका बलरहरु कम्जोर देखिएका थिए ।  आजको खेल जिते नेपालको क्वाटरफाइनलमा पुग्ने सम्भावना  पक्का हुनेछ । पहिलो खेलमा नेपालले बलियो मानिएको न्युजिल्यान्डलाई ३२ रनले हराएको थियो । समूह ‘डि’ मा रहेको नेपालले समुह चरणको अन्तिम खेल यही माघ १८ गते भारतसँग खेल्नेछ ।