टर्कीमा डुंगा दुर्घटना ४० जानाको मृत्यु ।

0
354

टर्की, १७ माघ । टर्कीबाट ग्रीस जाने क्रममा डुंगा दुर्घटना हुँदा ३९ जनाको मृत्यु भएको छ ।
टर्कीको एजियन सागर पार गर्ने क्रममा आप्रवासी चढेको डुंगा दुर्घटना हुँदा धेरै आप्रवासीको मृत्यु भएको हो । मृत्यु हुनेमा धेरै बालबालिका रहेको बताइएको छ । तट रक्षकले ६० जनाभन्दा बढीको उद्दार गरेका छन् । समुद्रमा डुबेको डुंगाको खोजी भइरहेकाले मृतकको संख्या अझै बढ्न सक्ने सरकारी अधिकारीहरुले बताएका छन् ।
मध्यपूर्वका द्वन्द्वग्रस्त सिरिया, अफगानिस्तान, इराकसहितका देशका हजारौं नागरिकले उत्तरी युरोपमा शरण पाउने आशामा टर्कीबाट ग्रिससम्म जोखिमपूर्ण समुद्री मार्गको यात्रा तय गर्ने गरेका छन् । अहिलेसम्म भूमध्य सागरमा डुबेर २ सय ४४ जना आप्रवासीको मृत्यु भइसकेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।