नेपाली काँग्रेस नुवाकोटको सभापतिमा कडा प्रतिस्पर्धा हुने देखिएको छ । तीन जनाले उमेद्धारी सावैजनिक गरी आ आफ्नो पक्षमा मत माग्न लागीपरेका छन् । सभापतिमा गुण्डा नाईके कुमार घैंटेका ब्यापारीक पाटनर जगदिश्वर नरसिंह के सी,जस्ता पाता काण्डका मुख्य योजनाकार भनिने रमेश महत र निर्माण ब्यबसायीबाट राजनीतीमा आएका बहादुर सिं लामा बीच प्रतिस्पर्धा हुने भएको छ । माघ २५ गते हुने जिल्ला अबिधेसनका लागि तीनै जनाले आ आफ्नो उमेद्धारी घोषणा गरि सकेका छन् । यो निश्चित छ की नुवाकोट काँग्रेशको सभापतिमा ३ मध्ये एक नै हुनेछन् तर जो भए पनि उनिहरुको नेतृत्वबाट काँग्रेसको जिल्ला गत राजनीति कम्जोर मात्रै हुने छ ।
तीन उमेद्धार मध्येका एक जगदिश्वर नरसिंह के सी उनि केसी परिवारको तर्फबाट जिल्लाको नेतृत्व कब्जा गर्ने दाउमा छन् । उनले एक कार्यकाल पार्टि चलाई सकेको छन् । तर यस पटक उनलाई कुमार घैटे जस्ता गुण्डाहरुको अभाव देखिएको छ र उनि आफै पनि चुनाव जित्न सक्ने मनस्थितीमा छैनन् । नातामा उनि कँग्रेस सहमहामन्त्री अर्जुन नरसिंह केसीका भाइ हुन् । उनको पनि जिल्लामा राम्रो छवि बन्न सकेको छैन । पर्दा पछाडी जती नै नराम्रा काम गरे पनि गुण्डा कुमार घैटे प्रहरीको जवाफी फाइरीङमा मारिंदा उनले गरेको प्रतिबाद यो अबिधेसनमा देखिएको छ । उनले खेलेको भूमिकाको उतिबेलै सर्बत्र आलोचना भएको थियो ।
अर्का उमेद्धार हुन रमेश महत उनी महत परिवारको प्रतिनिधीकोरुपमा पार्टीकार्यालय कब्जा गर्नु पर्छ भन्ने दाउमा छन् तर उनलाई काका डा.रामशरण महत अर्थमन्त्री भएका बेला मन्त्रालयगत भ्रष्टाचार गरेको,कर्मचारी सरुवा बढुवामा आर्थिक लेनदेन गर्ने गरेको देखि भुकम्प पिडीतको लागि नुवाकोट पु¥याईएको नेपाल इन्भेष्टमेन्ट बैंकले दिएको जस्तापात बेचेर अकुत सम्पति आर्जन गरेको जस्ता गम्भिर आरोप लागेका छन् त्यसकारणले पनि उनि पार्टी सभापती बन्ने सम्भावना कम देखिएको छ । हाल उनि कृषि बिकास बैंकको सञ्चालक समितीको सदस्य रहेका छन् ।
अर्का उमेद्धार हुन निर्माण ब्यबसायमा लागेर अकुत सम्पत्ति कमाएका कारण पैसाको भरमा नुवाकोट क्षेत्र नम्बर ३ बाट दोस्रो संबिधानसभामा प्रत्यक्ष निर्वाचन जितेका बहादुर सिं लामा । उनि राजनीतिक ब्यक्ति कम निर्माण ब्यबसायी धेरै हुन् उनि पार्टिलाई चन्दा दिँदा दिँदै नेता बनेको नुवाकोटका काँग्रेसीको भनाई । बर्षै बर्ष पार्टीमा लागेकाहरु जिल्ला सदस्य बन्न पाएका छैनन् भने उनि पैसाकै भरमा माननिय समेत भैसकेको भन्दै पुराना नेताहरुले मन दुखाएका छन् । उनले यस पटकको जिल्ला अबिधेसनमा आफुलाई के सी परिवार र महत परिवारको साझा उमेद्धार भएको दावी गरेका छन् । तर उनको दाबी झुट साबित भएको छ । दुबै परिवारले आ आफ्ना उत्तराधिकारीहरुलाइ मैदानमा उतारी सकेका छन् । यसर्थ नुवाकोटमा नेताको अभाव मात्रै दखिएको छैन अबको काँग्रेस कता जान्छ भन्ने अड्कलबाजी समेत हुन थालेको छ । यस्ले दोस्रो पुस्ताका नेताहरुलाइ समेत चिन्तीत तुल्याएको छ ।