नेपाल जेसीजद्धारा राष्ट्रब्यापी अभियानको घोषण

0
630

माघ १८ काठमाण्डौ । नेपाल जेसीजले समृद्ध राष्ट्र निर्माणका लागि संबाद र सहकार्य राष्ट्रब्यापी जेसीज अभियान २०७२ गर्ने भएको छ । राष्ट्रब्यापी कार्यक्रम माघ २० गते बुधबार धनगडीबाट सुरु गरी माघ २४ गते बिराटनगरबाट समापन गर्ने जेसीजले जनाएको छ । सोमबार काठमाण्डौमा आयोजीत पत्रकार संमेलनमा नेपाल जेसीजका केन्द्रिय अध्यक्ष जगत बहादुर पोखरेलले पुर्व देखि सुदुर पश्चिमका बिभिन्न जिल्लामा स्थानिय जेसीजको आयोजना र को क्यापको सह आयोजनामा देश निर्माणका लागि राष्ट्रिय एकताका लागि अन्तरक्रिया गर्न लागिएको जानकारी दिनु भएको हो । मधेश आन्दोलनका कारण उत्पन्न परिस्थीतीको समाधान र अबको राष्ट्र निर्माणमा युवाहरुको भूमिका प्रभावकारी बनाउने बिषय अन्तरक्रियाको मुख्य केन्द्र रहने पोखरेलले बताउनु भयो । संबिधान जारी भए पछि उत्पन्न द्धन्दको अन्त्य गराँउँदै सकारात्मक दिशामा देशलाई डो¥याउन युवाहरु अगाडी आउनु पर्ने भन्दै आफुहरु कुनै पार्टीको एजेण्डा भन्दा माथि उठेर यो अभियानमा लागेको अध्यक्ष पोखरेलको भनाई थियो । अभियानको अन्त्यमा देशका बिभिन्न नौ जिल्लामा सम्पन्न गरिने अन्तरक्रियाको प्रतिबेदन प्रधानमन्त्री के पी शर्मा ओली तथा बिभिन्न दलका प्रमुखहरुलाई बुझाईने पनि जेसिजले जनाएको छ । यो अभिानमा साथ दिन उस्ले सबैलाई आग्रह गरेको छ ।