माघ १८ काठमाण्डौ । नेपाल विद्युत प्राधिकरणले फेरि लोडसेडिङ बढाएको छ ।
अहिले दैनिक १३ घन्टा रहेको लोडसेडिङ बढाएर आजदेखि लागू हुने गरी १५ घन्टा पु¥याइएको छ ।
हप्तामा साँढे ८३ घन्टा रहेको लोडसेडिङ हप्ताको ९१ घन्टा पुगेको छ ।
अहिले विद्युत्को माग १ हजार ३ सय ५० मेगावाटको हाराहारीमा रहेकोमा भारतबाट २ सय ३५ मेगावाट आयात भएको छ भने प्राधिकरण र निजी क्षेत्रबाट ३ सय मेगावाट मात्र उत्पादन भएको छ ।
पुसमा हप्तामा १० घन्टा मात्र लोडसेडिङ हुने प्रक्षेपण गरेको विद्युत् प्राधिकरणले दैनिक १२ घन्टा गरेको थियो ।
माघमा विद्युत् प्राधिकरणले १२ घन्टा लोडसेडिङ सीमित हुने प्रक्षेपण गरेको थियो । तर उस्ले अघोषीत रुपमा नै आधा घण्टा अघि काट्ने र आधा घण्टा पछि बत्ति दिने गरेको थियो । अझ कति सम्म लापरबाहि भने जनतालाई बत्ति दिए पनि हुने नदिए पनि हुने अबस्थामा प्राधिकरण पुगेको छ । उस्ले जथाभाबी बिद्युत काट्ने गर्दा जनताको दैनिकी नै प्रभावित भएको छ ।
नेपाल भारत अन्तरदेशिय प्रसारण लाइन निर्माण भई १ नोभेम्बरबाट भारतबाट ८० मेगावाट विद्युत् आयात भएमा र कुलेखानी जलाशय भरिएमा मात्र पुसमा १० र माघमा १२ घन्टा हुने प्राधिकरणको प्रक्षेपण रहेकामा अझ बढ्ने देखिएको छ ।