नेपालमा कति छन् डल्फिन ?

0
1025
Atlantic Spotted Dolphin - Stenella Plagiodon

माघ १८ कैलाली । कैलालीका नदीमा बर्खायाममा देखिने डल्फिनको वैज्ञानिक गणना गर्ने पहल थालिएको छ ।
निजी क्षेत्रको डल्फिन संरक्षण केन्द्र थापापुरको पहलमा डल्फिनको वैज्ञानिक रुपमा गणना गर्न लागिएको केन्द्रका प्रमुख एवम् संरक्षणप्रेमी भोजराज श्रेष्ठले बताउनुभएको ।
भारतमा डल्फिन संरक्षण र डल्फिनको वैज्ञानिक गणनासम्बन्धी दक्षता हासिल गर्दै आएकी अमेरिकाकी सारा लेविन कैलालीमा डल्फिनको वैज्ञानिक गणनामा सक्रिय रहेको केन्द्रका सचिव विजय श्रेष्ठले जानकारी दिनुभयो ।
गणनामा भारतको पटना विश्वविद्यालय र भागलपुर विश्वविद्यालय (विहार)का प्राध्यापकले समेत सहयोग गर्न लागेको श्रेष्ठले बताउनुभयो ।
पानीमा उफ्रिएको अवस्थामा झन्डै सात वर्षअघि गरिएको गणनाबाट कैलालीका नदीमा १३० वटासम्म डल्फिन पाइएको संरक्षण केन्द्रको तथ्याङ्क छ ।