सेनापति किन गए भारत ?

0
416

मघ १८ काठमाण्डौ । प्रधानसेनापति राजेन्द्र क्षेत्री ६ दिने औपचारिक भ्रमणका लागि आज भारत जानु भएको छ ।
उहाँ भारतीय स्थल सेनाध्यक्ष दलबीर सिंहको निमन्त्रणामा भारत जानुभएको हो ।
सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार भ्रमणका बेला प्रधानसेनापति क्षत्री भारतीय राष्ट्रपति प्रणव मुखर्जीबाट भारतीय स्थल सेनाको मानार्थ महारथीबाट सम्मानित हुनुहुनेछ ।
नेपाल र भारत दुबै देशका सेना प्रमुखलाई एक अर्को देशको मानार्थ महारथी दिने परम्परा सन् १९५० देखिकै हो ।
भ्रमणका क्रममा क्षेत्रीले भारतका स्थल सेनाध्यक्ष, वायुसेना प्रमुख, नौ सेना प्रमुखसँग भेट्ने कार्यक्रम छ ।
भेटका क्रममा उहाँले भारत सरकारका गृहमन्त्री, रक्षामन्त्री, विदेशमन्त्रीलगायत उच्चपदस्थ पदाधिकारीसँग समेत शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको निर्देशनालयले जनाएको छ ।